Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रौतहट हत्याकाण्ड : एसपी र डिएसीलाई पनि कारबाही

रौतहट हत्याकाण्ड : एसपी र डिएसीलाई पनि कारबाही

  • बिहिवार, आश्विन ८ २०७७

  • 2.4K
    SHARES

  • रौतहट हत्याकाण्ड : एसपी र डिएसीलाई पनि कारबाही

    काठमाडौं । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

    इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ ।

    समितिको सिफारिसका आधारमा एसपी खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताउनुभयो । रौतहटका तत्कालिन एसपी खड्का र गरुडाका डिएसपी महतोलाई जिम्मेवारीबाट हटाइएको छ ।

    विजयरामलाई हिरासतमा यातना दिने प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर नवीनकुमार सिंह, हवल्दार मुन्ना सिंह र धिरोज मियाँ धुनियाँलाई यसअघि नै निलम्बन गरिएको थियो ।

    घटनामा संलग्न प्रहरी जवानहरु रुपेश कुश्वाहा र अजय यादवलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ ।

     


    बिहिवार, आश्विन ८ २०७७०७:२१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij