Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन आईजीपी अर्यालको निर्देशन

मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन आईजीपी अर्यालको निर्देशन

  • मंगलवार, जेठ २ २०८०

  • 244
    SHARES

  • मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन आईजीपी अर्यालको निर्देशन

    काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिनुभएको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सबै युनिटहरूलाई यस प्रकारको तयारी गर्न निर्देशन दिनुभएको हो ।

    मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उहाँले जति धेरै पूर्व तयारी गर्न सक्यौँ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथि बन्न सकिने बताउनुभयो।

    मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्व तयारीका साथसाथै शारीरिक र मानसिक रूपमा समेत तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिनुभयो ।

    विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउन सक्ने प्राकृतिक जोखिमलाई समेत उत्तिनै ध्यान दिएर भूगोल र प्रकोप अनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उहाँले निर्देशन दिनुभयो ।

    उहाँले शिक्षालयमा हाल सञ्चालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका तालिमलाई हुनसक्ने जोखिमको पूर्वानुमान गरेर सोही अनुसार परिमार्जन गर्दै लगिनेसमेत बताउनुभयो ।

    यस प्रकारको तयारीको लागि विशेष गरी पूर्व अभ्यास महत्त्वपूर्ण हुने भएकोले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरूले सरोकारवाला अन्य निकायहरूको समेत सहकार्यमा तीव्रता दिएका छन् । आगलागी, बाढी पहिरो, दुर्घटना आदीमा गरिने उद्धारलाई यस्ता अभ्यासमा समावेश गरिएका छन् ।

     


    मंगलवार, जेठ २ २०८००४:२६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij