Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकसाता अझै मनसुन सक्रिय, यो वर्ष यस्तो छ वर्षाको प्रभाव

एकसाता अझै मनसुन सक्रिय, यो वर्ष यस्तो छ वर्षाको प्रभाव

  • बिहिवार, आश्विन ८ २०७७

  • 1.3K
    SHARES

  • एकसाता अझै मनसुन सक्रिय, यो वर्ष यस्तो छ वर्षाको प्रभाव

    काठमाडौं । समान्यतया, असोज ७ गतेदेखि मनसुन सकिनुपर्ने भएता पनि यस वर्ष नेपालमा झरी परिरहेको छ । बुधवारदेखि देशैभरी भइरहेको अविरल वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    भारतको मध्य प्रदेश क्षेत्रमा विकसित न्यून चापीय प्रणालीका कारण यस्तो भएको बताइएको छ ।

    मौसमविद्हरुका अनुसार मौसम प्रणाली विकसित भएको भए यसपालिको मनसुन वा बर्खायाम बुधवार नै टुङ्गिनुपथ्र्यो । नेपालमा मनसुन आउने र जाने औसत मिति जुन १० र सेप्टेम्बर २३ हो ।

    तर, यसपालि अझै एकसाता मनसुन सक्रिय रहने महाशाखाले जनाएको छ ।

    यो वर्ष औसत मितिभन्दा दुई दिन ढिलो नेपाल प्रवेश गरेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । सो मनसुन प्रणालीअन्तर्गत यो वर्ष सबैजसो वर्षा मापन स्टेशनमा औसतभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको उहाँको भनाइ छ ।

    मनसुन अवधिमा परेको पानी कृषिका लागि अनुकूल रहेको कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेलले बताउनुभयो । यो वर्षाले विशेषगरी धान उत्पादनमा सघाउपुग्ने उहाँको ठम्याइ छ ।

     


    बिहिवार, आश्विन ८ २०७७०५:२५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij