काठमाडौं। रक्सीमा विषादी मिसाएर पिउँदा मकवानपुरमा एकजना वृद्धाको मृत्यु भएको छ।मकवानपुरको बकैया गाउँपालिका–११ पिपिलडाँडाकी ६१ वर्षीया सञ्चमाया भोलनको मृत्यु भएको हो।
प्रहरीकाअनुसार भोलनले गत वैशाख ३० गते रक्सीमा नाम नखुलेको विषादी मिसाएर सेवन गरेकी थिइन्।सोही दिन बिरामी भएकी भोलन उपचार गराउन जान नमानेपछी हिजो छोराले उपचारका लागि हेटौँडा अस्पतालमा ल्याएका थिए।
भोलनको उपचारको क्रममा आज बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। विषादी सेवन गर्नुको कारण नखुलेको र शव हेटौँडा अस्पतालमै रहेको प्रहरीले जनाएको छ।