Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अब नो अब्जेक्शन सर्टिफिकेट घरबाटै लिन सकिने

अब नो अब्जेक्शन सर्टिफिकेट घरबाटै लिन सकिने

  • सोमवार, जेठ १ २०८०

  • 316
    SHARES

  • अब नो अब्जेक्शन सर्टिफिकेट घरबाटै लिन सकिने

    काठमाडौं। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ।

    सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको हो। आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस,पेपरलेस र क्यासलेस बनाएको हो।

    कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्थाको सुरुवात प्रशंसनीय भएको बताउनुभयो।

    कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले अब अन्य निकायहरुले पनि आफ्ना सेवा अनलाइन प्रणालीबाट शुरु गर्नुपर्ने बताउनुभयो।

    वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका,२०७९ को दफा ७ को उपदफा (३) र(४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस,क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ ।


    सोमवार, जेठ १ २०८००१:०५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij