Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी

रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी

  • आइतवार, बैशाख ३१ २०८०

  • 594
    SHARES

  • रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनलाई आइतबार पुर्जी जारी भएको हो ।

    रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो । प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसअघि प्रतिकले विज्ञप्ति जारी गरेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।

    यही प्रकरणमा जोडिएका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि आइतबार पक्राउ पुर्जी जारी भएको छ ।

    नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रकाउ परिसकेका छन् । पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई पनि हिरासतमा छन् ।

    पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।

     

     


    आइतवार, बैशाख ३१ २०८००१:५९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij