Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

माग पुरा भएपछी हाइटेन्सनबाट ११ घण्टापछी ओर्लिए मोरङ्गका माझि :के थिए उनका मागहरु ?

माग पुरा भएपछी हाइटेन्सनबाट ११ घण्टापछी ओर्लिए मोरङ्गका माझि :के थिए उनका मागहरु ?

  • शनिवार, बैशाख ३० २०८०

  • 766
    SHARES

  • माग पुरा भएपछी हाइटेन्सनबाट ११ घण्टापछी ओर्लिए मोरङ्गका माझि :के थिए उनका मागहरु ?

    काडमाडौं। मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका एक पुरुष ११ घण्टापछि ओर्लिएका छन्। सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए।

    उनी अपरान्ह साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताउनु भयो। पोलमा चढेका माझिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए।

    अध्यक्ष थापा मगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका डीएसपी दाहालले बताउनु भयो।सडक छेउमा निर्माण भइरहेको टेवा पर्खालको गुणस्तर राम्रो नभएको भन्दै माझीले रोक्न माग गरेका थिए।


    शनिवार, बैशाख ३० २०८००६:५३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij