Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मोरङ्मा १ युवा झण्डै ७ घण्टादेखि विद्युत हाइटेन्सन लाइनमा

मोरङ्मा १ युवा झण्डै ७ घण्टादेखि विद्युत हाइटेन्सन लाइनमा

  • शनिवार, बैशाख ३० २०८०

  • 471
    SHARES

  • मोरङ्मा  १ युवा झण्डै ७ घण्टादेखि विद्युत हाइटेन्सन लाइनमा

    काठमाडौं। सडकमा भएको भ्रष्टाचार रोक्न भन्दै मोरङ्मा एक युवा ५ घण्टादेखि विद्युत हाइटेन्सन लाइनमा चढेर बसेका छन्। मोरङको बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका हुन्।

    सडकमा निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका स्थानियले जनाएका छन्।उनी आज बिहान ६ बजे पोलमा चढेर गुणस्तरहीन काम रोक्न माग गरेका छन्।

    उनले गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्।

    बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीका अनुसार उनि अहिले पनि करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन्। उनलाई पोलबाट उत्रिन आग्रह गरिरहे पनि उनले नमानेको चौधरीले बताउनु भएको छ।


    शनिवार, बैशाख ३० २०८००१:१५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij