Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

अब लामो दुरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन

अब लामो दुरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन

  • शनिवार, बैशाख ३० २०८०

  • 814
    SHARES

  • अब लामो दुरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन

    काठमाडौं । काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दुरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ। शुक्रबार काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। यसपछि नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाइने छैन।

    काठमाडौंमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन्। यही संख्यामा बाहिरिन्छन्। नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता छ।

    बसपार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ। समितिको सदस्यमा महानगर प्रहरी बलका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, ल्होत्से बहुउद्देश्यीय प्रालि र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस् छन्।

    बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय गरेको छ। अहिले गौशाला, चाबहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दुरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन्।


    शनिवार, बैशाख ३० २०८००५:११:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij