Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्याङ्जा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

स्याङ्जा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

  • बिहिवार, आश्विन ८ २०७७

  • 1.1K
    SHARES

  • स्याङ्जा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो

    काठमाडौं । स्याङ्जा पहिरोमा परी मृत्युु हुुनेको संख्या १० पुुगेको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीका एकै परिवारका ८ सहित १० जनाको मृत्यु भएको हो ।

    तमादीमा गएको पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले लाई बताउनुुभयो । मनिषालाई थप उपचारका लागी गाण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ ।

    पहिरोले पुरेको माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका छन् । पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।

    १० जनामध्ये उमाकला नेपाली पाहुना र अन्य ९ जना एकै परिवारको सदस्य रहेको स्थानीयले जानकारी दिएका छन् ।

    यस्तै, अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतम टोलमा एक जनाको मत्यु भएको छ ।

    पहिरोमा परी १७ वर्षीय विष्णु दमाइको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


    बिहिवार, आश्विन ८ २०७७०१:०३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij