Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्याङजा पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु , ४ अझै बेपत्ता

स्याङजा पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु , ४ अझै बेपत्ता

  • बिहिवार, आश्विन ८ २०७७

  • 1.7K
    SHARES

  • स्याङजा पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु , ४  अझै बेपत्ता

    स्याङजाको वालिङ नगरपालिका– १४ तमादीमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् ।

    उमा उक्त घरमा पाहुना बस्न गएकी थिइन् । पहिरोमा परी अझै ४ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुुभयो । माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरी उपचारका लागि वालिङ अस्पताल पठाइएको छ।  यस्तै, अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतम टोलमा एक जनाको मत्युभएको छ ।

    पहिरोमा परि १७ वर्षीय विष्णु दमाईको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


    बिहिवार, आश्विन ८ २०७७१२:१०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij