काठमाडौं। परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासतालमा मृत भेटिएका छन्। मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालम मृत भेटिएको कास्की प्रहरीले बताएको छ।
आज बिहान साढे ८ बजे डुंगाघाटभन्दा ४ सय मिटर टाढा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घट्नास्थलमा पुगेर तैरिरहेको शव निकालेर हेर्दा साथमा भेटिएको परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको जिल्ला प्रहरी कार्याल कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनु भयो ।
उनी राहादानी विभागमा कार्यरत थिए। उनको साथबाट जहाजको टिकट पनि भेटिएको प्रहरीले बताएको छ। भण्डारी आइतबार जहाजबाट पोखरा आएको पाइएको हो। भण्डारीको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ। उनको मृत्यु कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।