Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तिनाउ र नारायणी नदी खतराको तहभन्दा माथि, उच्चसतर्कता अपनाउन अनुरोध

तिनाउ र नारायणी नदी खतराको तहभन्दा माथि, उच्चसतर्कता अपनाउन अनुरोध

  • बिहिवार, आश्विन ८ २०७७

  • 2.1K
    SHARES

  • तिनाउ र नारायणी नदी खतराको तहभन्दा माथि, उच्चसतर्कता अपनाउन अनुरोध

    काठमाडौं । केही दिनयता देशैभर भइरहेको निरन्तर वर्षाका कारण विभिन्न नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । चितवनको नारायणी नदीमा पनि पानीको बहाव बढेर सतर्कता तह नाघेको छ । बाढी पुर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा नदीले सतर्कता तह पार गरेको छ ।

    यता, बुटवल तिनाउ नदीमा बाढी आएर जल सतहले खतरातह पार गरेको महाशाखाले जनाएको छ। महाशाखा अनुसार तिनाउ नदी तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा दिउँसो सम्मै उच्चसतर्कता अपनाउन अनुरोध गरेको छ।

    यसैबिच, नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।

    जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो ।
    यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
    यसैबिच,अहिले देशका अधिकांस स्थानमा बर्षा भईरहेको छ ।

    आज पनि देशका अधिकांस स्थानमा वर्षा नरोकिने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

     

     


    बिहिवार, आश्विन ८ २०७७०८:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij