Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मुगु हिमपहिरोमा पुरिएकाहरूको खोजी आजदेखि गरिने

मुगु हिमपहिरोमा पुरिएकाहरूको खोजी आजदेखि गरिने

  • सोमवार, बैशाख २५ २०८०

  • 275
    SHARES

  • मुगु हिमपहिरोमा पुरिएकाहरूको खोजी आजदेखि गरिने

    कर्णाली । कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरोमा परेकाहरूको खोजी सोमबारदेखि गर्ने भएको छ । 

    सोमबार बिहान हेलिकप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धार टोली घटनास्थलमा पुर्‍याउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले घटनाका बारेमा तत्काल जानकारी हुन नसकेकाले खोज उद्धारमा ढिलाइ भएको बताए।

    ‘हामीले मुगु प्रशासनबाट त्यहाँको यथार्थ विवरण मागी आजै सुरक्षा समितिको बैठक बसेर हेलिकप्टर तयारी अवस्थामा राखेका छौँ’, उनले भने, ‘भोलि सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत औजारसहितको उद्धार टोली सुर्खेतबाट मुगु गमगढी र त्यसपछि घटनास्थलतर्फ जानेछ ।’ हेलिकोप्टर आज बेलुकी पठाउँदा राति हुने र उद्धार कार्यमा असहज बन्ने भएकाले सुर्खेतमै अवतरण गरिएको मन्त्री जिसीले बताए।

    जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले घटना वैशाख २२ गते दिउँसो २ बजे भए पनि मृतकसँग गएका प्रत्यक्षदर्शीहरूले शनिबार साँझ मात्र जानकारी दिएकाले उद्धार कार्यका लागि सूचना दिन ढिलाइ भएको बताए। प्रत्यक्षदर्शीहरूको भनाइ उद्धृ्रत गर्दै प्रजिअ थापाले उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीको हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएको जानकारी दिए।

    उनका अनुसार जेठ ४ गते यार्सागुम्बा संकलनका लागि त्यहाँको पालिकाले खुला गर्ने भनिए पनि पातारासीबाट १४ र मुगु छायाँनाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेको थियो । शव हिउँमै रहेको बताइएको छ । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।


    सोमवार, बैशाख २५ २०८००७:०७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij