Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • सोमवार, बैशाख २५ २०८०

  • 354
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। 

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू-भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

    मंगलबार पनि देशको पहाडी भू-भागका आंशिक  बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।


    सोमवार, बैशाख २५ २०८००६:५२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij