मनसुनी वायुको प्रभावसँगै आज विभिन्न ४ वटा प्रदेशमा भारी वर्षासँगै बाढी – पहिरोको जोखिम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मुलुकका विभिन्न भू(भागमा सामान्यदेखि पूर्ण बदली रही अहिले पनि हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ ।दिउँसोसम्म देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने छ ।
प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।