Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

भव्यरुपमा मनाइयो बुद्धजयन्ती, देशभरका बौद्ध तीर्थस्थलमा दिनभर दर्शनार्थीको घुइँचो(खासखबर)

भव्यरुपमा मनाइयो बुद्धजयन्ती, देशभरका बौद्ध तीर्थस्थलमा दिनभर दर्शनार्थीको घुइँचो(खासखबर)

  • शुक्रवार, बैशाख २२ २०८०

  • 295
    SHARES

  • भव्यरुपमा मनाइयो बुद्धजयन्ती, देशभरका बौद्ध तीर्थस्थलमा दिनभर दर्शनार्थीको घुइँचो(खासखबर)

    काठमाडौं। विभिन्न कार्यक्रम गरी आज भव्यरुपमा बुद्धजयन्ती मनाइएको छ। चिटिक्क बनाएर आकर्षक रुपमा सिँगारिएको बुद्धजन्मस्थल लुम्बिनीेमा २५ सय ६७ औं बुद्धजयन्ती मनाउन स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका समेत आएका छन् ।

    आज बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लागि प्रार्थना गरिएको थियो।मन्दिरबाट सभासम्म करिब २ किमी शोभायात्रा निकालिएको थियो। बुद्धजयन्तीका दिन वैशाख पूर्णिमामा आज लुम्बिनीमा निकै भीडभाड बढेको थियो।स्वदेशी र विदेशी पर्यटकले आज लुम्बिनी भरिभराउ छ। बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि हुनुहुन्थ्यो ।

    प्रधानमन्त्री प्रचण्डले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीको सम्भाव्यता धेरै रहेको बताउनु भएको छ। बुद्ध जयन्ती तथा लुम्विनी दिवस २०८० समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो। उहाँले नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनु भएको छ।

    प्रधानमन्त्री प्रचण्डले वुद्धको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको पनि बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताउनुभयो । उहाँले वुद्धको महत्ववारे विश्वलाई चिनाउन अझै बाँकी रहेको बताउनुभयो ।

    लुम्बिनी विकास कोषमा अनेकौं विकृति विसंगती रहेको भन्दै उहाँले विकृति हटाउने पनि बताउनुभयो। साथै मन्त्री किरातीले उहाँले लुम्विीनी गुरुयोजनाकै आधारमा लुम्विनीको विकास अगाडि अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो।यस्तै,आज बुद्ध जयन्तीका अवसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको थियो।

    लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँएको हो। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु–याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।

     


    शुक्रवार, बैशाख २२ २०८००७:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij