Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आईपीएलः कोलकताविरुद्ध मुम्बईको सहज जित

आईपीएलः कोलकताविरुद्ध मुम्बईको सहज जित

  • बिहिवार, आश्विन ८ २०७७

  • 1.1K
    SHARES

  • आईपीएलः कोलकताविरुद्ध मुम्बईको सहज जित

    एजेन्सी। मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।
    बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

    अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

    रोहित शर्माले कप्तानी पारी खेलेपछि मुम्बइका लागि ४९ रनको फराकिलो जीत सम्भव भएको हो । उनले ६ छक्का र ३ चौकाको सहयोगमा ५४ बलमा ८० रन जोडे । तेस्रो क्रममा आएका ब्याट्सम्यान सूर्यकुमार यादवले ४७ रनको योगदान दिँदा निर्धारित ओभरमा मुम्बइको स्कोर १ सय ९५ पुग्यो ।

    कोलकताका लागि शिवम् माभीले २ तथा सुनिल नारायण र आन्द्रे रासलले १–१ विकेट लिए ।कोलकताका लागि मध्यक्रमका ब्याट्सम्यान पेट कुमिनसले १२ बलमा ३३ रन, कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाउनुबाहेक अरु खेलाडीले सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन् ।


    बिहिवार, आश्विन ८ २०७७०६:४०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij