Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संखुवासभा हेलिकप्टर दुर्घटना : घाइते ३ जनालाई काठमाडौं ल्याइयो

संखुवासभा हेलिकप्टर दुर्घटना : घाइते ३ जनालाई काठमाडौं ल्याइयो

  • शुक्रवार, बैशाख २२ २०८०

  • 281
    SHARES

  • संखुवासभा हेलिकप्टर दुर्घटना : घाइते ३ जनालाई काठमाडौं ल्याइयो

    काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काका अनुसार गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अन्य २ जना घाईतेको भने खाँदीबारीमै उपचार सुरु गरिएको छ ।

    काठमाडौं ल्याइएका घाइतेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन्।दुर्घटनामा ५ जना घाइते भएका थिए। उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।

    घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

     


    शुक्रवार, बैशाख २२ २०८००३:३५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij