Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संखुवासभामा हेलिकप्टर दुर्घटना (अपडेट) : क्याप्टेनसहित २ जना गम्भीर

संखुवासभामा हेलिकप्टर दुर्घटना (अपडेट) : क्याप्टेनसहित २ जना गम्भीर

  • शुक्रवार, बैशाख २२ २०८०

  • 448
    SHARES

  • संखुवासभामा हेलिकप्टर दुर्घटना (अपडेट) : क्याप्टेनसहित २ जना गम्भीर

    काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन्।

     हेलिकप्टर क्याप्टेन सुरेन्द्र पौडेलले उडाएका थिए । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ। हेलिकप्टरमै रहेका छिरिङ भोटेको भने सकुशल उद्दार भएको छ ।

    माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको सोही वडाका वडाअध्यक्ष विकास तामाङले बताउनु भयो ।

    तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्ता र रुखमा ठोक्किएर दुर्घटनामा परेको बताउनु भयो। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।


    शुक्रवार, बैशाख २२ २०८००२:३७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij