काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा थप १०÷११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भीक अवस्था देखिएको नेपाल प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०÷११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था रहेको बताउनु भयो।
ठगीबाट सुरु भएको उक्त मुद्दा संगठित अपराधमा परिणत गरेर ४० दिनयता निरन्तर अनुसन्धान भइरहेको भन्दै कार्कीले सयभन्दा बढी व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी गराउनु भयो।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्दीप रायमाझीलगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको र अन्य पक्राउ नपरेको पुष्टी गर्नुभयो।