Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

तनहुँमा ट्रकको ठक्करबाट घाइते ८ मध्ये ३ जनाको मृत्यु

तनहुँमा ट्रकको ठक्करबाट घाइते ८ मध्ये ३ जनाको मृत्यु

  • बुधवार, बैशाख २० २०८०

  • 333
    SHARES

  • तनहुँमा ट्रकको ठक्करबाट घाइते ८ मध्ये ३ जनाको मृत्यु

    काठमाडौं। तनहुँमा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पास्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका थिए।

    तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। ना ४ ख १९७३ नम्बरको ट्रक एउटा घरमा ठक्कर खाएको थियो।घाइतेहरूको चितवनमा उपचार गरिएको थियो।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले बन्दिपुर गाउँपालिका वडा नम्बर १ का ३ जना चेतबहादुर घर्ती, सनबहादुर भुजेल र आयुष भुजेलको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभएको छ । 


    बुधवार, बैशाख २० २०८००३:२५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij