काठमाडौं। दार्चुलाको ब्यासमा हिजो गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ। हिजो दिउँसो २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो।
बाँकी दुई जनाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित गरिएको उहाँको भनाइ छ। मृतकमध्ये एक जनाको मात्र सनाखत भएको छ ।मृतक जुहु–४ का १८ वर्षीय प्रविण कुँवर भएको र अरु दुई जना महिलाको पहिचान खुलेको छैन।
घटना भएको स्थान सशस्त्र प्रहरीको छाङ्रु गुल्मबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ। तर बाटो भिरालो र अफ्ठ्यारो भएकाले घटना भएको स्थान पुग्न साढे ३ घन्टा लाग्ने बताइएको छ।