Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गणेशखोलाको पुल फेरि भासियो,पृथ्वी राजमार्ग ठप्प

गणेशखोलाको पुल फेरि भासियो,पृथ्वी राजमार्ग ठप्प

  • बुधवार, बैशाख २० २०८०

  • 423
    SHARES

  • गणेशखोलाको पुल फेरि भासियो,पृथ्वी राजमार्ग ठप्प

    काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ। बन्द भएको १८ घण्टापछि हिजो दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो।

    धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो।

    पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर एकतर्फी यातायात सञ्चालन गरिएको थियो ।

     


    बुधवार, बैशाख २० २०८००१:३०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij