Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आयुर्वेद क्षेत्रका ३७ जना सम्मानित

आयुर्वेद क्षेत्रका ३७ जना सम्मानित

  • बुधवार, बैशाख २० २०८०

  • 252
    SHARES

  • आयुर्वेद क्षेत्रका ३७ जना सम्मानित

    काठमाडौँ । नेपालमा पहिलो पटक आयुर्वेद क्षेत्रका व्यक्तिहरुलाई पनि विधागत रुपमा सम्मान गर्न थालिएको छ । आयुर्वेद मेडिकल डेभलपमेन्ट रिसर्च फाउन्डेसनले पहिलो पटक राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड ३७ जनालाई प्रदान गरेको हो ।

    काठमाडौमा आयोजना गरिएको समारोहमा उपराष्ट्रपति रामसहाय यादव र काठमाडौं महानगरपालिकाका प्रमुख बलेन्द्र शाहले उनीहरुलाई सम्मान प्रदान गरेका हुन् । आयुर्वेदका लागि जीवनभर योगदान दिनु भएका डा।राम वृक्ष साहुलाई कश्यप सम्मान, डा. रामनारायण शाहलाई चरक सम्मान र डा। ऋषिराम कोइरालालाई धन्वन्तरी सम्मान प्रदान गरिएको छ ।

    कार्यक्रममा डा. ओममूर्ति अनिललाई स्वास्थ्य सेवामा उत्कृष्ट अन्तरक्षेत्रीय योगदानको अवार्ड, प्रा। वैद्य कतार सिंह धिमानलाई अन्तर्राष्ट्रिय आयुर्वेद व्यक्तित्व सम्मान र प्रा. डा। देवबहादुर रोकालाई सर्वोत्कृष्ट आयुर्वेद क्लिनिकल अवार्ड प्रदान गरिएको छ ।

    त्यसैगरी डा निर्मल भूसाल, डा सुभद्रा कार्की, डा कोपीला अधिकारीलगायतलाई पनि फाउन्डेसनले सम्मान गरेको छ ।

    आयुर्वेद क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई परिचित र उत्प्रेरित गराउने उद्धेश्यले सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष डा। विजेन्द्र शाहले जानकारी दिनुभयो ।


    बुधवार, बैशाख २० २०८००८:२६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij