Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आज विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरेर मनाँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरेर मनाँदै

  • बुधवार, बैशाख २० २०८०

  • 268
    SHARES

  • आज विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरेर मनाँदै

    काठमाडौं । आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाँदैछ ।

    यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता स् मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ ।

    स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । राष्ट्र संघीय एजेन्सी युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको थियो ।

    सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

    यसै अवसरमा नेपाल पत्रकार महासंघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गर्दैछ । बिहान ९ बजे पत्रकार महासंघको सभाकक्ष सञ्चारग्राम, तिलगंगामा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ सार्वजनिक कार्यक्रम पनि आयोजना गरिएको छ ।


    बुधवार, बैशाख २० २०८००७:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij