Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

यी प्रदेशमा आज वर्षाको सम्भावना

यी प्रदेशमा आज वर्षाको सम्भावना

  • बुधवार, बैशाख २० २०८०

  • 475
    SHARES

  • यी प्रदेशमा आज वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।  गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ। देशका पहाडी भू-भागमा  चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ।

    आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।


    बुधवार, बैशाख २० २०८००६:५८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij