Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

दार्चुला हिमपहिरो : पाँच जना अझै बेपत्ता

दार्चुला हिमपहिरो : पाँच जना अझै बेपत्ता

  • मंगलवार, बैशाख १९ २०८०

  • 462
    SHARES

  • दार्चुला हिमपहिरो : पाँच जना अझै बेपत्ता

    काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् ।

    यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो ।

    ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्‍ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

    मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका छन् ।

     


    मंगलवार, बैशाख १९ २०८००७:०३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij