Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेका चालकको मृत्यु

रवि लामिछानेका चालकको मृत्यु

  • मंगलवार, बैशाख १९ २०८०

  • 4.4K
    SHARES

  • रवि लामिछानेका चालकको मृत्यु

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका चालक शम्भु थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

    रास्वपा सभापति लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार उपचारको क्रममै थापाको मृत्यु भएको हो । सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले पनि चालक थापाको मृत्यु भएको पुष्टि गर्नुभयो । “हामीले बचाउन अनेक प्रयत्न गर्‍यौँ सकेनौँ,” बोहोराले भन्नुभयो ।

    उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । दिउँसो करिब साढे १ बजे उनको मृत्यु भएको बताइएको छ ।

    उनी लामिछानेको चितवनस्थित घरको घतबाट राति खसेर घाइते भएका थिए । वैशाख ४ गते उनी छतबाट खसेर घाइते भएका थिए । भरतपुरमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई ललितपुर ल्याइएको थियो ।

    उनी छतबाट कसरी खसे भन्ने अनुसन्धान जारी रहेको छ ।


    मंगलवार, बैशाख १९ २०८००३:३०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij