Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमको सम्मानसहित सुरक्षा र उचित ज्यालादर आजको आवश्यकता(खासखबर)

१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमको सम्मानसहित सुरक्षा र उचित ज्यालादर आजको आवश्यकता(खासखबर)

  • सोमवार, बैशाख १८ २०८०

  • 370
    SHARES

  • १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमको सम्मानसहित सुरक्षा र उचित ज्यालादर आजको आवश्यकता(खासखबर)

    काठमाडौं । आज १ सय ३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइएको छ। ‘आठ घण्टा काम,आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आइएको छ ।

    मजदुरहरुले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको हो ? भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन सुरु ग¥यो। र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलनरत सातजना मजदुरको पनि मृत्यु भयो।

    प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन झन चर्किदै गयो। अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घन्टा मात्रै काम गराउन थालियो। त्यसको चार वर्षपछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको संयुक्त बैठक बस्यो। सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो।

    त्यसपछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आत्मसमीक्षा गर्न आवश्यक भएको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गराउँदै पुँजीवादको अन्त्य गरी श्रमको सम्मान गर्नुपर्ने बताउनु भयो।

    यता,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वका मजदूरहरु एक हुँदै अगाडि बढिरहेको बताउँदै आफूहरु समाजवादी आन्दोलनको पक्षमा रहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओलीले कांग्रेसतिर इंगित गर्दै उहाँले निजीकरणका नाममा सबै उद्योगहरुलाई धरासायी बनाइएको आरोप लगाउनुभयो ।

    श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइपनि उनीहरुको सुरक्षाका लागि सरकारले उचित पहल लिन सकिरहेको छैन। विभिन्न पेशा व्यवसायमा लागेका श्रमिकहरुले श्रमको उचित मूल्य समेत पाउन सकिरहेका छैनन। राज्यले सबै तहका श्रमिक, मजदूरका समस्याहरुमा उल्लेख्य काम गर्न सक्नुपर्दछ ।

     


    सोमवार, बैशाख १८ २०८००८:३३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij