काठमाडौं । पृथ्वी राजमार्ग बन्द भएको छ । धादिङको धुनीबेशी नगरपालिका र थाँक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको हो ।
पुल भासिँदा दुईतर्फी सवारी आवागमन बन्द हुँदा यहाँबाट आवतजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् ।
राजमार्ग बन्द हुँदा काठमाडौं आउने र काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ ।