झापा । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गरिने बताउनुभएको छ ।
नेपालको कृषि क्षेत्र सयौं समस्याबाट जकडिएको भन्दै नयाँ व्यवस्थाले कृषि क्षेत्रको बृहत्तर विकास हुनेमा सरकार आशावादी रहेको उहाँले बताउनुभयो ।
झापाको बिर्तामोडमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भुसालले संविधानको सफल कार्यान्वयनका लागि पनि कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याउन जरुरी रहेको तर्क गर्नुभयो ।
कृषिका हरेक उत्पादनलाई न्यूनतम् समर्थन मूल्य तोक्ने तयारीमा आफू रहेको उहाँले बताउनुभएको छ । कृषि पेसाबाट किसानलाई पलायन हुनबाट रोक्न समर्थन मूल्य तोक्नुको विकल्प नभएको मन्त्री भुसालको भनाइ छ ।
टिकाटिप्पणी गर्ने क्रम बढे पनि आधारभूत रुपमा सरकार ठीक ठाउँमा रहेको उहाँको दाबी छ । मन्त्री भुसालले संविधान कार्यान्वयनका लागि गर्नुपर्ने सुरुवाती कामहरु गरेरै सरकार अघि बढिरहेको जिकिर गर्नुभएको छ ।