Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

श्रमिक दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश जारी

श्रमिक दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश जारी

  • सोमवार, बैशाख १८ २०८०

  • 259
    SHARES

  • श्रमिक दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरूलाई शुभकामना दिनुभएको छ ।

    राष्ट्रपति पौडेलले एक शुभकामना सन्देश जारी गर्दै दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपति पौडेलले गर्नुभएको हो ।

    उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु मुख्य हुने उहाँले बताउनुभएको छ ।


    सोमवार, बैशाख १८ २०८००८:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij