Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

  • सोमवार, बैशाख १८ २०८०

  • 333
    SHARES

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

    काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ ।

    हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यसपटक १३२ औं श्रमिक दिवसका अवसरमा सोमबार विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि विविध कार्यक्रम गर्दैछन् ।

    सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो । नेपालमा २००७ सालमा विराटनगरको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

    २०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ । नेपालमा यो दिवस मनाउन थालेको लामो समय भइसक्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरु भने सामाजिक सुरक्षामा समेटिन भने अझै सकेका छैनन् ।


    सोमवार, बैशाख १८ २०८००७:५१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij