Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रोल्पामा जीप दुर्घटनाः १ जनाको मृत्यु, ८ घाइते

रोल्पामा जीप दुर्घटनाः १ जनाको मृत्यु, ८ घाइते

  • आइतवार, बैशाख १७ २०८०

  • 334
    SHARES

  • रोल्पामा जीप दुर्घटनाः १ जनाको मृत्यु, ८ घाइते

    काठमाडौं । रोल्पामा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

    दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका ६ राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका २ हेमुनखोलामा आज बेलुकी करिब ६ बजे गाडी दुर्घटना भएको हो ।

    दुर्घटनामा स्थानीय १५ वर्षका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले बताउनुभयो।

    दुर्घटनामा अन्य ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था मध्यम रहेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डिएसपी सारुमगरले बताउनुभयो । मध्य घाइते ४ जनालाई उद्धर गरि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ भने चालकसहित बाकी ४ जनाको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार गाडीमा ९ जना सवार थिए । गाडी सडकबाट करिब २ सय फिट तल खसेको थियो।

    चालकलाई प्रहरीको नियन्त्रणमा छन् । घटनाको थप विवरण आउन बाँकी छ ।


    आइतवार, बैशाख १७ २०८००७:११:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij