Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

लम्जुङ कृषि क्याम्पसमा छात्राहरु माथी कुटपिट

लम्जुङ कृषि क्याम्पसमा छात्राहरु माथी कुटपिट

  • शनिवार, बैशाख १६ २०८०

  • 4.8K
    SHARES

  • लम्जुङ कृषि क्याम्पसमा छात्राहरु माथी कुटपिट

    लम्जुङ कृषि क्याम्पसमा परिक्षा दिन आएका छात्र छात्राहरु माथी नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कुटपिट गरेका छन् । विएससी एजीको पहिलो बर्षको दोस्रो सेमेस्टरको परिक्षा दिन आएका विद्यार्थीहरुमाथी कुटपिट भएको पिडित परिता भण्डारीले जानकारी दिनुभएको छ ।

    उनका अनुसार दर्जनभन्दा बढीको संख्यामा हुल बाँधेर आएका अनेरास्ववियुका कार्यकर्ताहरुले क्याम्पस परिसरमै परिक्षार्थी विद्यार्थीहरु माथी लठ्ठी, रड र विभिन्न हतियारले कुटपिट गरेका हुन् ।

    अनेरास्ववियुका कार्यकर्ताको कुटाइबाट घाइते हुनेमा परिता भण्डारीसँगे छोईच्याङ तामाङ, जानकी चौरासिया, स्मृति पौडेल, करुणा थापा, सरिष्मा श्रेष्ठ लगायत रहेका छन् ।

    त्यसैगरी सौरभ उप्रेती, हेमनारायण रसाईली, अरिन थापा, सुदांशु लामिछाने, आदित्य बुढाथोकी, आषिस पौडेल, सदिस सिंखडा, यज्ञराज जैशी, गोविन्द चौधरी, सन्दीप श्रेष्ठ लगायतलाई पनि अनेरास्ववियुका कार्यकर्ताले कुटपिट गरेर घाइते बनाएको नेविसंघको पूर्व इकाई उपसभापति सम्भू सापकोटाले जानकारी दिनुभयो ।

    घाइते विद्यार्थीहरुको शरिरमा लठ्ठीको निलडाम रहेको छ । घाइते विद्यार्थीहरुले दोषीलाई कारबाहीको माग गर्दै क्याम्पसमै नारावाजी गरेका छन भने उनीहरुले अहिले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेका छन् । कुटपिट गर्नेहरुलाई आफूहरुले चिनेको र उनीहरुलाई तत्काल पक्राउ गर्न प्रहरीसँग माग गरिएको पनि पिडितहरुले बताएका छन् । 


    शनिवार, बैशाख १६ २०८००९:४१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij