काठमाडौं।अहिले देशका अधिकांस स्थानमा बर्षा भईरहेको छ । आज देशका अधिकांस स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
महाशाखाले बिहान जारी गरेको सूचनाअनुसार आज दिउँसो सबै प्रदेशका केहि स्थानमा भारी वर्षा तथा प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र प्रदेश नं ५ का १ २ स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका थोरै(थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाले आगामी २४ घण्टा सम्म नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन आग्रह पनि गरेको छ ।
यसैबिच, यस वर्षको मनसुन थप लम्बिने भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ ।