आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान प्रकट गरि मनाईदै छ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउनेप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाउने गरिन्छ ।
आजका दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।
यसैविच, तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र आज सार्वजनिक बिदा दिएको छ ।