Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएलः राजस्थानद्वारा चेन्नई १६ रनले पराजित

आईपीएलः राजस्थानद्वारा चेन्नई १६ रनले पराजित

  • बुधवार, आश्विन ७ २०७७

  • 1.3K
    SHARES

  • आईपीएलः राजस्थानद्वारा चेन्नई १६ रनले पराजित

    एजेन्सी। युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।
    मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले सुखद सुरुवात गरेको हो ।

    सारजाहमा क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।

    चेन्नईका फाप डु प्लेसिसीले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै शेन वाटसनले ३३ तथा केदार जादबले २२ रन बनाए । मुराली विजय २१ रनमा आउट हुँदा साम करनले १७ रन जोडे ।कप्तान महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे ।

    राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १र१ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

    राजस्थानको फराकिलो स्कोरमा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले ।सामसनले ३२ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले । स्मिथले ४७ बलमा ६९ रन बनाए ।

    यस्तै जोफ्रा आर्चरले अविजित २७ रन जोड्दा टम करनले अविजित १० रन जोडे ।चेन्नईका लागि साम करनले ३ विकेट लिए । यस्तै दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए ।

    जितसँगै राजस्थानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ ।चेन्नईले भने पहिलो हार व्यहोरेको छ । पहिलो खेलमा चेन्नईले साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो ।

     


    बुधवार, आश्विन ७ २०७७०६:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij