Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मिटर ब्याजसम्बन्धी छानबिन आयोगद्वारा १५ दिनको म्याद राख्दै पीडितबाट उजुरी आह्वान

मिटर ब्याजसम्बन्धी छानबिन आयोगद्वारा १५ दिनको म्याद राख्दै पीडितबाट उजुरी आह्वान

  • बिहिवार, बैशाख १४ २०८०

  • 373
    SHARES

  • मिटर ब्याजसम्बन्धी छानबिन आयोगद्वारा १५ दिनको म्याद राख्दै पीडितबाट उजुरी आह्वान
    काठमाडौं । मिटर ब्याजसम्बन्धी छानबिन आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ । सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।  आयोगले प्रारम्भिक काम सुरु गरिसकेको र यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरेर कार्य सञ्चालन गर्ने जनाएको छ । 
     
    कार्यालय स्थापना भएसँगै मिटर ब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिनुभयो  । उहाँका अनुसार पीडितहरूले आफ्नो भएसम्मका सबुद प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन् । 
     
    प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको उहाँको भनाइ छ । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुने पनि उहाँले बताउनुभयो। निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको आयोगले जनाएको छ ।  निवेदन वैशाख १७ गते देखि ३१ गतेसम्म १५ दिन भित्र दिनुपर्ने आयोगले जनाएको छ ।


    बिहिवार, बैशाख १४ २०८००४:५६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij