काठमाडौं। नेपालमा आज कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण आज थप १को मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ।
पछिल्लो २४ घण्टामा आज देशभर १११ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ५१७ वटा नमुना परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज ६० जना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ३७८ पुगेको छ। आजसम्म १८ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये छ जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।