Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या

दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या

  • बिहिवार, बैशाख १४ २०८०

  • 673
    SHARES

  • दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या

    काठमाडौं। दाङमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका १ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् ।

    आज बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

    सामान्य विवाद हुँदा श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले बताउनुभयो । प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    बिहिवार, बैशाख १४ २०८००१:३७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij