Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

देशका पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना

देशका पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना

  • बिहिवार, बैशाख १४ २०८०

  • 263
    SHARES

  • देशका पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहेको छ।

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ।

    शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ।


    बिहिवार, बैशाख १४ २०८००६:४९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij