काठमाडौं। पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँनयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा गायिका माया पार्दे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोक गीत “सोल्टी सोल्टीनी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राजु खड्को निर्माण रहेको उक्त म्युजिक भिडियोमा चर्चित मोडल तथा हास्य कलाकार सागर लम्साल (बले) र पछिल्लो समयकी चर्चित मोडल अनु पराजुलीको अभिनय रहेको छ । यस गीतमा दिनेश क्षेत्रीको शब्द, संगीत रहेको छ ।
मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज र मिक्सिङ्ग डोलराज बारघरे मगरको छ भने रेकर्डिङ खुमन राना र सुमन राना तथा भिडियोमा पुनम श्रेष्ठको निर्देशन रहेको छ । गितमा करण चैशिरले छायांकन राज कुमार मगरको भिडियो सम्पादन रहेको छ।
यस गीतलाई माया पार्देको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।