काठमाडौं । ट्र्याक्टर दुर्घटनामा परी मकवानपुरमा आज तीन जनाको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका ३ कालिदमारस्थित भित्री सडकखण्डमा मिलडाँडाबाट हाँडीखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३ ००१ त ७१८८ नम्बरको ट्र्याक्टर राति करिब ९ बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिन गई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार पाँच जना घाइते भएका थिए ।
उपचारको क्रममा तीन जनाको मृत्यु भएको र दुई जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुर मनहरी ३ हाँडीखोलाका ३० वर्षका बिरमान रुम्बा, मनहरी ४ सालघारीका २० वर्षका प्रवीण प्रजा र ४० वर्षका जोखलाल प्रजाको मृत्यु भएको हो । हेटौंडा १० स्थित चुरेहिलमा मनहरी ३ हाँडीखोलाका २४ वर्षका अमृत प्रजा र राजकुमार प्रजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।