Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आगो नियन्त्रणमा लिदै पाइलटले दुबई उडानलाई निरन्तरता दिए

आगो नियन्त्रणमा लिदै पाइलटले दुबई उडानलाई निरन्तरता दिए

  • सोमवार, बैशाख ११ २०८०

  • 1.2K
    SHARES

  • आगो नियन्त्रणमा लिदै पाइलटले दुबई उडानलाई निरन्तरता दिए

    काठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ ।

    नागकिर उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताउनुभयो । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको थियो ।

    उनीहरुले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि ९ः२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०ः१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार, आगो नियन्त्रण गर्न विमानस्थलमा ५ टा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । उक्त विमानमा कति यात्रु थिए खुलिसकेको छैन ।


    सोमवार, बैशाख ११ २०८०१०:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij