Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

दुर्घटनाबाट बच्यो जहाज, लाग्यो गन्तव्यतर्फ

दुर्घटनाबाट बच्यो जहाज, लाग्यो गन्तव्यतर्फ

  • सोमवार, बैशाख ११ २०८०

  • 816
    SHARES

  • दुर्घटनाबाट बच्यो जहाज, लाग्यो गन्तव्यतर्फ

    काठमाडौं । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडीबी ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

    असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले जहाजलाई केहीबेर अघि उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टासरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

    यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो ।

    प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका थिए । जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

    यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताउनुभएको छ । उहाँले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताउनुभयो । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।


    सोमवार, बैशाख ११ २०८०१०:१४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij