काठमाडौं । प्रेस काउन्सिल, नेपालले पत्रकार ऋषि धमलालाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । नेपाली रेडियो नेटवर्कका अध्यक्षसमेत रहनुभएका धमलालाई २० हजार रुपैयाँसहितको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’द्वारा सम्मानित गरिएको हो ।
प्रेस काउन्सिलले विभिन्न शीर्षकमा स्थापना गरिएका पुरस्कार प्रदान गर्ने क्रममा गोपालदास पत्रकारिता पुरस्कारबाट यस वर्ष दृष्टिका सम्पादक शम्भु श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार हुम्लामा रहेर पत्रकारिता गर्दै आएका अर्जुन बोहोरालाई दिने निर्णय काउन्सिलले गरेको छ ।
त्यस्तै, आचारसंहिता पुरस्कार भने डिजिटल पत्रिका सेतोपाटीले हात पारेको छ ।