Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली चिकित्सकहरुको सम्मेलन हुने

अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली चिकित्सकहरुको सम्मेलन हुने

  • सोमवार, बैशाख ११ २०८०

  • 256
    SHARES

  • अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली चिकित्सकहरुको सम्मेलन हुने

    काठमाडौं । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ए.एन.एम.एफले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गते सम्म अमेरिका स्थित नर्थ क्यारोलिनाको सार्लोटमा हुने भएको छ।

    “सञ्जाल र समन्वयका साथ अघि बढौँ” भन्ने नाराका साथ यस सम्मेलन हुन लागेको हो । सन् १९९७ बाट सुरुवात भएको यस अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ । यसले शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय हुँदै आइरहेको छ ।

    नेपालको स्वास्थ्य क्षेत्रमा रुचि राख्ने प्रवासी नेपालीहरूको बढ्दो सङ्ख्याको साथ अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपाललाई आफ्नो स्वास्थ्य लक्ष्यमा पुर्‍याउनका लागि अमेरिकाबाट थप विशेषज्ञता र स्रोतहरू जुटाउने प्रयास गर्दै आएको छ । यस वार्षिक सम्मेलनले ती कामका लागि सञ्जाल निर्माण, विचार आदान प्रदान र योगदानका तरिकाहरू खोज्ने छ फाउन्डेसनका अध्यक्ष डा विनोद खड्काले विश्वास व्यक्त गरे ।

    फाउन्डेसनका सचिव डा जीवन लामिछानेका अनुसार सम्मेलनमा करिब ३ सय जना विभिन्न क्षेत्रका विज्ञहरू उपस्थित हुनेछन् । सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न तिव्र रुपमा तयारी भइरहेको आयोजक कमिटीका संयोजक डा सुमन राज रेग्मीले जानकारी दिए।


    सोमवार, बैशाख ११ २०८००३:१९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij