Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ऋषि धमला पत्नी एलिजाद्वारा १० जना विद्यार्थी पढाउने घोषणा

ऋषि धमला पत्नी एलिजाद्वारा १० जना विद्यार्थी पढाउने घोषणा

  • आइतवार, बैशाख १० २०८०

  • 466
    SHARES

  • ऋषि धमला पत्नी एलिजाद्वारा १० जना विद्यार्थी पढाउने घोषणा

    काठमाडौं । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई कक्षा १ देखि एसइईसम्म पूर्ण छात्रवृत्ति प्रदान गर्नुहुने भएको छ ।

    उहाँले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुहुने भएको हो । उहाँ नागरिक उन्मुक्ति पार्टीकी नेतृ समेत हुनुहुन्छ ।

    आज (आइतबार) विद्यालयमा आयोजित एक समारोहकाबीच उहाँले विद्यालय व्यवस्थापन टिमसँग उक्त सम्झौता गर्नुभएको हो । शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उहाँले आज उक्त चाहना पूरा भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।


    आइतवार, बैशाख १० २०८००८:२९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij